“यो सालिक कसले बनायो? राजा आउ देश बनाऊ, नेता पाल्न सकिँदैन!”
झापा, कात्तिक २ — झापाको बिर्तामोडस्थित मुक्तिचोकमा एक महिलाले खुकुरीसहित सालिक तोडफोड गर्ने प्रयास गरेकी छन्। स्थानीयले तत्काल उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन्।
साक्षीका अनुसार ती महिलाले “यो सालिक कसले बनायो? राजा आउ देश बनाऊ, नेता पाल्न सकिँदैन!” भन्ने नारा लगाउँदै सालिकतर्फ पुगेर तोडफोड गर्न खोजेकी थिइन्।
घटनास्थलमा उपस्थित स्थानीयले तत्काल हस्तक्षेप गरेर घटनालाई रोक्न सफल भएको र त्यसपछि ती महिलालाई बिर्तामोड प्रहरीको नियन्त्रणमा दिएको बताइएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार ती महिलाको पहिचान खुलाइएको छैन र उनी मानसिक रूपमा अस्थिर देखिने प्रारम्भिक आशंका गरिएको छ।
सालिक तोडफोड गर्ने प्रयाससँगै केहीबेर मुक्तिचोक क्षेत्रमा सर्वसाधारणको भीड जम्मा भएको र ट्राफिक आवागमनमा समेत असर परेको थियो।
प्रहरीले थप अनुसन्धानपछि मात्र कानुनी कारबाहीबारे निर्णय हुने जनाएको छ।