“जेनजी भन्दैमा हुन्छ? सुदन कडेरियालाई पनि त्यही भन्दै अखिलको अध्यक्ष बनायौं, ऊ त जिम्मेवारी छाडेर भाग्यो नि।”
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले हालैको आन्तरिक बैठकमा तीव्र असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्रका युवा नेतादेखि पूर्वसहकर्मीहरूसम्मलक्ष्य गर्दै कडा अभिव्यक्ति दिएका छन्।
ओलीले ‘जेनजी’ (Gen Z) पुस्ता र तिनका नाममा गरिएको प्रचारबारे कटाक्ष गर्दै भने,
“जेनजी भन्दैमा हुन्छ? सुदन कडेरियालाई पनि त्यही भन्दै अखिलको अध्यक्ष बनायौं, ऊ त जिम्मेवारी छाडेर भाग्यो नि।”
उनले हालका युवामुखी र सामाजिक सञ्जालकेन्द्रित राजनीति टिकाउ नभएको उल्लेख गर्दै भने,
“फेसबुकमा लेख्दै हिँड्ने होइन, अन्तर्वार्ता दिँदै हिँड्ने होइन। अब यस्ता कुरा रोक्नुपर्छ।”
ओलीले पार्टी चुनावमा नजाने संकेत पनि दिएका छन्। उनका शब्दमा,
“हामी चुनावमा जान्नौँ।”
त्यसै क्रममा, उनले पूर्वराष्ट्रपति बिद्या भण्डारी सम्बन्धी प्रसंग पनि उठाउँदै भने,
“कोही पनि बिद्या भण्डारीको हिमायती भएर नआउनु। जब बिद्याजीलाई क्यान्सर भएको थियो, म स्वयंले ओखती खर्च दिन्छु भनेको थिएँ, तर तपाईंहरू नै मान्नुभएको थिएन। अहिले आएर बडो साखुल्ले पल्टनु भएछ।”
उनको यो वक्तव्यले एमालेभित्र गहिरिँदो आन्तरिक मतभेद र नेतृत्व–पुस्ताबीचको दूरीलाई झल्काएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
बैठकमा ओलीले संगठन सुदृढीकरण, आन्तरिक एकता र पार्टीको मूल विचारमा केन्द्रित रहन नेताकार्यकर्तालाई निर्देशन दिएका थिए।