रास्वपाकी नेतृ तोसिमा कार्कीको आपत्ति
सचिवालय सदस्यमा नपरेपछि असन्तुष्टि
काठमाडौं, कात्तिक २ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले आफूलाई सचिवालय सदस्यमा मनोनित नगरेकोमा आपत्ति जनाएकी छन्।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टी विधानको धारा २६ अनुसार ४ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेका थिए। तर सो सूचीमा तोसिमा कार्कीको नाम नपरेपछि उनले असन्तुष्टि जनाएकी हुन्।
कार्कीले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष रूपमा पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्दै पार्टीभित्र पारदर्शिता र समावेशी निर्णय प्रक्रियाको आवश्यकतामा जोड दिएकी छन्।
रास्वपाको सचिवालयमा नयाँ सदस्यका रूपमा मनोनीत व्यक्तिहरूका नाम भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। पार्टीभित्र यस विषयमा आन्तरिक छलफल चलिरहेको बताइन्छ।
रास्वपाभित्र पछिल्ला दिनहरूमा नेतृत्व शैली, निर्णय प्रक्रिया र पार्टी संरचनाका विषयमा असन्तुष्टि बढ्दै गएको देखिन्छ।